Nepa Top
century-bank

एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको टुंगो लाग्यो

काठमाडौं । निकै चासोका साथ हेरिएको नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको टुंगो लागेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको एक्ला एक्लै भएको भेटवार्ताले पार्टी एकताको टुंगो लगाएको हो ।

सोमबार भएको ‘वान–टु–वान’ वार्ताले पार्टी एकता टुंगो लगाएको एमाले उपाध्यक्ष भीम रावलले बताउनुभयो । बैठकमा वैचारिक सहमति भएको र बिहान बसेको बैठक सकारात्मक रहेकाले पार्टी एकीकरणको टुंगोले अन्तिम गति लिएको बताउनुभयो ।

उहाँले पार्टी एकता र सरकार गठन प्रक्रियालाई सँगसँगै लैजाने बताउँदै थप विषयमा सहमति जुटाउनका लागि मंगलवार पुनः दुई शीर्ष नेताबीच छलफल हुने समेत बताउनुभयो । तीन घण्टासम्म चलेको वार्तामा दुई अध्यक्षले सरकार गठन र एकताका सबै आयाममा खुला छलफल गरी निर्णयमा पुगेको उपाध्यक्ष रावलले जानकारी दिनुभयो ।

दुई अध्यक्षबीचको ‘वान टु वान’ वार्तापश्चात् बस्ने पार्टी एकता संयोजन समितिको बैठकले एउटा निष्कर्ष दिइने जनाइएको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]