Nepa Top
century-bank

११९ स्थानीय तहमा बैंक सञ्चालनमा आउन सकेनन्

काठमाडौँ,माघ २३ । सबै स्थानीय तहमा बैंक अनिवार्य पुग्नुपर्ने भएपनि पूर्वाधार अभावका कारण एक सय १९ स्थानीय तहमा बैँक सञ्चालन हुन नसकेको राष्ट्र बैंकले जनाएको छ । इन्टरनेट, विद्युत, कार्यालय भवन लगायतका पूर्वाधार अभावका कारण स्थानीय तहमा बैंकिंङ सञ्जाल पुग्न नसकेको राष्ट्र बैंकले जनाएको हो ।

स्थानीय तहमा निर्वाचन भएर कार्यान्वयनमा आएको समेत ९ महिना वितिसक्दा पनि जनताले यसको प्रत्याभूति भने पाउन सकेका छैनन् । सिंहदरबारको अधिकार स्थानीय तहमा दिने सरकारी घोषणाअनुसार सबै स्थानीय निकायलाई बैंकिङ सञ्जालमा जोड्ने प्रयास असफल भइरहेको देखिएको छ । एक सय १९ स्थानीय तहमा शाखा खोल्न नसक्ने बैंकहरूले राष्ट्रबैंकलाई जानकारी गराएका छन् भने दुई सय ८२ स्थानमा बैंकिङ कार्यालय खोल्ने प्रक्रिया अघि बढेको छ ।

व्यवस्थापिका संसद्को विकास समितिलेस्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई निर्देशन दिएपछि सात सय ५३ स्थानीय तहमध्ये दुई सय ९६ मा मात्र बैंकिङ कार्यालय खुलेका थिए । यता पूर्वाधार तयार नभएका स्थानमा गएर कार्यालय सञ्चालन गाह्रो हुने बैंकर्सको भनाइ छ।

राष्ट्र बैंकलाई गरेको प्रतिबद्धताअनुसार तीन सय ५२ स्थानमा बैंकिङ सेवा सुरु भइसकेको छ । देश संघीयतामा गएसँगै राष्ट्र बैंकले सबै स्थानीय तहमा बैंकिङ कारोबार गर्न सहज होस् भनि सबै क्षेत्रमा बैंक पु¥याउने योजना बनाएको छ ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]