Nepa Top
century-bank

वडाध्यक्षद्वारा कम्बल वितरण

लहान । सिरहा नगरपालिका–१ का वडाध्यक्ष महेशकुमार यादवले व्यक्तिगत लगानीमा सो वडाका चिसोबाट प्रभावित १०५ दलित तथा विपन्न परिवारलाई कम्बल वितरण गर्नुभएको छ ।

अत्यधिक चिसोका कारण मानवीय क्षति भइरहेको कुरालाई दृष्टिगत गरी वडाध्यक्ष यादवले अन्य निकायमा पहल थाले पनि प्रक्रियागत रुपमा आउन ढिला भइरहेकाले आफ्नै व्यक्तिगत लगानीमा विपन्न, गरिब, दलित, वृद्धवृद्धा तथा अपाङ्गतायुक्तलाई प्राथमिकतामा राखेर कम्बल वितरण गरिएको वडाध्यक्ष यादवले जानकारी दिनुभयो । यसैगरी जिल्ला प्रहरी कार्यालयले पनि सिरहा नगरपालिका–१४ ।का विपन्न परिवारलाई २२ थान कम्बल वितरण गरेको छ ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]