Nepa Top
century-bank

डोटीमा २६ औँ दिन पनि आन्दोलन जारी, आन्दोलनमा ५ जनाको खुट्टा भाँचियो

डोटी । प्रदेश अस्थायी राजधानीको विषयलाई लिएर सुरु भएको आन्दोलनले उग्र रुप लिएको छ। दिपायलमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ। आन्दोलनमा ३ दिनमा ५ जनाको खुट्टा समेत भाँचिएको छ ।

दिपायल राजधानी माग गर्दै आन्दोलनकारीहरुले विभिन्न सरकारी कार्यालय र प्रहरीमाथि नै ढुङ्गामुढा गरेपछि प्रहरीले अश्रु ग्याँस प्रहारसँगै लाठी चार्ज र ढुङ्गामुढा समेत गरेपछि दोहोरो झडप हुने गरेको छ ।

अन्दोलनमा परि आजसम्म ५ जनाको खुट्टा भाँचिएको छ । खुट्टा भाँचिनेमा सुरेन्द्र केसी, थाप्लाका ललित मलासी, लक्ष्मी टोलका अनुजराज श्रेष्ठ र घनश्याम दत्त पाठकरहेका छन्।  प्रहरीसँगको झडपमा उनीहरुको खुट्टा भाँचिएको हो । उनीहरु सबैको जिल्ला अस्पताल सिलगढीमा उपचार भइरहेको छ ।

झडपमा विभिन्न दलका नेता, कार्यकर्ता, जनप्रतिनिधिहरु, सर्वसाधारण नागरिकका साथै पत्रकार समेत चोट लागेको छ । आइतबार २६ औँ दिन पनि आन्दोलन जारी रहेको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]