Nepa Top
century-bank

निर्माणाधीन सीमा स्तम्भसँगै नेपाली भूमी पनि घट्दै (भिडियोसहित)

भारत नेपालको नजिकको छिमेकी राष्ट्र । नेपालका २६ जिल्ला भारतीय सीमासँग जोडिएका छन् । १८८० किलोमिटर लामो जमीन भारतीय सीमासँग जोडिएको छ । २६ जिल्ला मध्ये २३ जिल्लाका ७१ भन्दा बडि भुभाग भारतीय पक्षबाट मिचिएको छ ।

हामी वीरगंज महानगरपालिका १ छप्कैयामा पूग्दा सीमा स्तम्भ निमार्णका क्रममा आफ्नो नम्बर जग्गा मिचिएका स्थानिएहरु हातमा लालपुर्जा बोकेर बन्दै गरेका स्तम्भ हेरेर बसेका थिए ।

उनिहरुले स्तम्भ निमार्ण गर्ने पुगेका सरोकारवालासँग प्रतिवाद गर्न खोज्दा लालपुर्जा लगाएतका कागज माथी पठाउनु पर्छ भन्दै मागे र स्तम्भ राखे ।

सरोकारवालाहरुले २ देशको पहिलेको सहमति अनुसारनै स्तम्भहरु निर्माण गरेको बताएपनि अहिले सिमा स्तम्भको लागि खनिएका खाडल र सार्वजनिक संरचनाहरु सँगै छन् ।

नयाँ स्तम्भबाट पहिले बनेका सबै संरचना दशगजा भित्र पर्छन । सिरिसिरा खोला सरेसँगै नेपाल र भारतको सिमाना पनि सर्दै सर्दै नेपाल तर्फ आउँछ । अर्थात नेपालको क्षेत्रफल घट्छ र भारतको बढ्छ ।

सिरिसिरा खोलासँगै सर्दै आएका नेपाली अहिलेकै अवस्थामा यी स्तम्भहरु निर्माण भए दशगजा क्षेत्रमा पर्ने छन् र ढुङगो छैन कहाँ पुग्नु पर्ने हो ?

सीमा स्तम्भ राख्ने क्रममा नेपालको भुभाग भारत तर्फ गएको सुचना पुगेको पछि शसस्त्र प्रहरीको टोली घटना स्थलको सुरक्षाको लागि खटिएको छ ।

दुई देशबिच सीमामा हरेक बर्ष सिर्जना हुने समस्या सरकारबाट दिर्घकालीन रुपमानै हुनुपर्छ । देश देश विच हुने सन्धी र सम्झौता प्रतेक नागरीकको हितका लागि हुनुपर्छ ।

दुई देशविचको राजनीतिक खिचातानीको शिकार बर्षौदेखी विना बर्दीका सिपाइ भएरु सीमा रक्षा गरीरहेको नागरीकलाई बनाइनु हुँदैन ।

निर्माणाधीन सीमा स्तम्भसँगै नेपाली भूमी पनि घट्दै

भारत नेपालको नजिकको छिमेकी राष्ट्र । नेपालका २६ जिल्ला भारतीय सीमासँग जोडिएका छन् । १८८० किलोमिटर लामो जमीन भारतीय सीमासँग जोडिएको छ । २६ जिल्ला मध्ये २३ जिल्लाका ७१ भन्दा बडि भुभाग भारतीय पक्षबाट मिचिएको छ । हामी वीरगंज महानगरपालिका १ छप्कैयामा पूग्दा सीमा स्तम्भ निमार्णका क्रममा आफ्नो नम्बर जग्गा मिचिएका स्थानिएहरु हातमा लालपुर्जा बोकेर बन्दै गरेका स्तम्भ हेरेर बसेका थिए ।

Posted by News24 Nepal on Thursday, January 18, 2018

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]