Nepa Top
century-bank

बाग्लुङका कृषकहरुद्वारा ९ करोड रुपैँया भन्दा बढीको सुन्तला निर्यात

  • सुवास गौतम,

बागलुङ । अनुकुल मौसम तथा बगैँचाको व्यवस्थापनका कारण यस बर्ष सुन्तला उत्पादन बढेपछि बाग्लुङका कृषकहरुले ९ करोड रुपैँया भन्दा बढीको सुन्तला निर्यात गरेका छन् ।

जिल्लाका विभिन्न गाविसका किसानहरुले उत्पादन गरेको सुन्तला चितवन, नारायणगढ, पोखरा, गुल्मी, बुटवल, धादिङ लगायतका जिल्लामा निर्यात गरिएको छ ।

पहिलो चरणमा प्रति केजी ४० देखि ५० रुपैँया सम्ममा बिक्रि गरेपनि पछिल्लो समय कृषकहरुले एक सय २० रुपैँयासम्म बिक्रि वितरण गर्दै आएका छन् । यसरी सुन्तला खेती गर्दै आएका बागलुङका १२ सय घरधुरी लाभान्वित भएको जिल्ला कृषि विकास कार्यालय बागलुङले जनाएको छ ।

कार्यालयका अनुसार बागलुङमा ११ हजार ९ सय ४० रोपनी क्षेत्रफलमा सुन्तला खेती हुदैँ आएको छ भने कुल क्षेत्रफलको ४ हजार ८ सय रोपनी क्षेत्रफल उत्पादनशिल छ । यस बर्ष करिब १० प्रतिशतले बृद्धि भएर उक्त क्षेत्रफलमा ३ हजार ५ सय मेट्रिक टन सुन्तला उत्पादन भएको बताइएको छ ।

कुल उत्पादनको ७० प्रतिशत जिल्ला बाहिर निकासी भएको छ भने ३० प्रतिशत मात्रै आन्तरिक उपभोग गरिएको कार्यालयका प्रचार प्रसार अधिकृत विप्लब अधिकारीले बताउनुभयो ।

यसपटक बागलुङमा एउटै घरबाट न्युनतम ५० हजार देखि ५ लाख सम्मको बिक्री भएको छ । गत बर्ष जिल्लामा ९ हजार ९ सय ४० रोपनी क्षेत्रफलमा २ हजार ९ सय ९६ मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयको तथ्याङकमा छ ।

यस बर्ष उत्पादित सुन्तला विभिन्न जिल्लाका व्यवसायीहरुले बगैँचामै पुगेर खरिद गरेको कृषकहरु बताउछन् । सुन्तालका लागि बागलुङको भकुण्डे, बिहँु, जैदी, छिस्ती, हरिचौर, दमेक नरेठाँटी लगाएतका झण्डै २ दर्जन ठाउहरुहरु पकेट क्षेत्र मानिन्छ ।

 





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]