Nepa Top
century-bank

दुई महिनामा पेट्रोलियम पदार्थको मुल्य चार पटक बढ्यो, पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि

नेपाल आयल निगमले बुधबार फेरी पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । पछिल्लो पटक भएको मुल्यवृद्धिको बिरोध भइरहेको बेला निगमले फेरी मुल्य बढाएको हो ।

पेट्रोलको मूल्य बढेर प्रतिलिटर १ सय ३ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७१ रुपैयाँ पुगेको छ । पेट्रोलमा १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ मूल्य बढेको हो ।

बढेको मूल्य बुधबार राती १२ बजेबाट कार्यान्वयनमा आउने निगमले जानकारी दिएको छ । स्वचालित मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएको हो ।

सरकारले दुई साताअघि मात्र पेट्रोलियम पदार्थ सहित ग्यास र हवाई इन्धनको मूल्य मुल्य वृद्धि गरेको थियो ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]