Nepa Top
century-bank

महिनावारी सार्ने औषधिको प्रयोगले प्रजनन् समस्या बढ्दो

काठमाडौं । पछिल्लो समय नेपाली महिलामा प्रजनन् समस्या बढ्दो छ । प्रजनन् समस्या बढ्नुका विभिन्न कारण छन् ।

ती मध्ये, चिकित्सकको सल्लाह बिना औषधी सेवन गर्नु पनि एक हो । चिकित्सकको सल्लाह बिना महिनावारी सार्ने र गर्भपतन गराउने औषधी सेवन गर्नुले प्रजनन् समस्या बढेको हो ।

सामाजिक मान्यता या व्यवक्तिगत समस्याका कारण महिनावारीको समय पछि धकेल्न चिकित्सकको सल्लाह बिनै औषधी सेवन गर्नेको संख्या बढ्दो छ । महिनावारी सार्न हर्मोन वा स्टोरेड औषधि प्रयोग हुने गरेको छ ।

चिकित्सकका अनुसार महिनावारी पछि सार्ने यी औषधि प्रयोग गर्दा प्रजनन् स्वास्थ्यमा गम्भीर असर गर्ने गरेको छ । यी औषधि मुटु रोगी, जन्डिस भैसकेका ४० बर्ष नाघेका महिला र धुम्रपान गर्ने महिलाले प्रयोग गर्न नहुने चिकित्सिक सुझाव दिन्छन् ।

महिनावारी पछि धकेल्न प्रयोग हुँदै आएको हर्मोन वा स्टोरेड औषधिको प्रयोगपछि महिनावारीको क्रममा बढी रगत बग्ने वा थोरै बग्ने समस्या हुने गर्दछ ।

त्यति मात्र होइन, यो औषधिको प्रयोगले महिनावारी अनियमित भई १५ दिनमै हुने वा २ महिनासम्म पछि धकेलिने जस्ता समस्या पनि हुने गर्दछ । यस्तो औषधि प्रयोग गर्नुपर्ने कुनै बाध्यात्मक परिस्थि बने पनि चिकित्सकसँग सल्लाह गरेर मात्र प्रयोग गर्न चिकित्सक सल्लाह दिन्छन् ।

प्रजनन् स्वास्थ्यमा गम्भीर प्रभाव पार्ने यस्ता औषधि सहजै उपलब्ध हुने भएकाले पनि प्रयोगकर्ता बढेको चिकित्सक बताउँछन् । त्यसैतेल यस्तो औषधि विक्रि वितरणमा समेत नियमन गर्नुपर्ने उनीहरुको सुझाव रहेको छ ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]