Nepa Top
century-bank

तपाईंलाई थाहा छ ? औंलाको नङबाट पनि यसरी पत्ता लाग्छ ‘रोग’

एजेन्सी : के तपाईंलाई थाहा छ ? हाथ, खुट्टाका नङहरुको रंगले पनि तपाईंको शारीरिक एवं मानसिक स्वास्थ्यको बारेमा जानकारी दिन सक्छन् । नङको काम हात-खुट्टाका औंलाहरुको सौन्दर्य बढाउनु मात्र होइन । यसले शरीरभित्र गुप्तरुपमा रहेका विभिन्न रोगहरुको बारेमा पनि संकेत समेत दिने गर्दछ । शरीरभित्र कुनै अगं-प्रत्यगंमा के कस्तो किसिमको खराबी (रोग) छ, या हुने संभावना छ भनेर नङले आफ्नो आकार, प्रकार, रगंपरिवर्तन, पातलो-मोटो खस्रो, खिएको, टुटेको, फुटेको, धर्सो आदि जस्ता परिवर्तनको माध्यमले जानकारी दिन्छ ।आयर्वेदिक, होमियोप्याथिक, युनानी चिकित्सा पद्दतिहरुमा बिरामिको नङको रंग परिवर्तन हुनुलाई विशेष महत्व दिईन्छ ।

# नङले स्वास्थ्यको कुन रहस्य प्रकट गर्दछ- स्वस्थ्य नङ चिल्लो र दाग-धब्बारहित हुन्छ । नङको रगं र आकार एकनासको हुन्छ ।

१) चाँडै भाँचिने, चर्केको, सुख्खा तथा छिटो झर्ने खालको नङले थाइरोइड हार्मोन्स असन्तुलनको संकेत गर्दछ ।
२) नङ चिरिएको छ, रगं पहेंलो छ भने सम्भवत: फंगल (ढुस्सी) इनफेक्शन को कारण हुनसक्छ ।
३) नङको मुनितिर कुनै गहिरो रगंको धरसो छ भने यसले कुनै गम्भिर रोग छ वा हुने तर्फ संकेत गर्दछ । जतिसक्दो चाँडै परिक्षण गराउनुपर्छ । यो लक्षणले छालाको केन्सर भएको संकेत दिन्छ ।
४) नङको रगं निलो हुन थाल्यो भने आस्थमा, तथा मुटु रोगको संकेत हो ।
५) नङको पहेंलो रगंमा परिवर्तन हुनु केन्सर जस्तो घातक रोगको संकेत हुनसक्छ ।
६) घडिको शिशा आकारको नङ टि.बी. फोक्सोको टियुमर, मुटुको परानो रोगको संकेत दिन्छ ।
७) चम्चा आकारको नङले सिफिलिस, छाला सम्बन्धी रोगको तथा मानसिक समस्या छ भन्ने कुराको संकेत दिन्छ ।
८) नङमा डाँडाको टुप्पो जस्तो खस्रो धरसो देखिन्छ भने यो वशांनुगत रोगको संकेत हो । यसबाट अर्थराईटिस, कोलाईटिस, जस्तो रोग छ या हुनेसक्ने सम्भावना तर्फ संकेत गर्दछ ।
९) नङको रगं आधा गुलाबि र आधी सेतो देखिन्छ भने मधुमेह रोग तर्फ संकेत गर्दछ।
१०) एकदमै सेतो नङले एनिमिया, डायबिटिज या लिभर सम्बन्धि कुनै रोग छ या हुने तर्फ संकेत दिन्छ ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]