Nepa Top
century-bank

कोशी अञ्चल अस्पतालले मुटुरोगसम्बन्धी सेवा प्रदान गर्ने

 

 मोरङ  ।  कोशी अञ्चल अस्पताल, विराटनगरले मुटुरोगसम्बन्धी सेवा प्रदान गर्ने तयारी गरेको छ ।

कोशी अञ्चल अस्पतालले माघ ५ गतेदेखि मुटुरोगसम्बन्धी विशेषज्ञबाट सेवा दिन लागेको हो । अस्पतालले मुटुरोग विशेषज्ञ चिकित्सक राखेर सेवा दिन लागेको अस्पतालका मेडिकल सुुपरिन्टेन्डेन्ट चिकित्सक रोशन पोखरेलको भनाइ छ । अहिले अस्पतालले फिजिसियन चिकित्सकमार्फत मुटुरोगको सेवा उपलब्ध गराउँदै आएको छ ।

अस्पतालले मुटुरोगको सेवालाई व्यवस्थित एवम् प्रभावकारी बनाउन इको कार्डियोग्राफी मेशिनसमेत सञ्चालनमा ल्याउने भएको छ । करिब रु ५० लाखमा खरिद गरेको सो उपकरणमार्फत विशेषज्ञ सेवा सञ्चालन गर्न लागेको मेडिकल सुपरिन्टेन्डेन्ट डा पोखरेलको भनाइ छ ।

मुटुरोगसम्बन्धी जटिल प्रकारका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था रहेकोमा उक्त सेवा सञ्चालनमा आएपछि मुटुरोगसम्बन्धी सबै प्रकारका बिरामीले कोशी अञ्चल अस्पतालबाट सेवा पाउने जनाइएको छ ।

अस्पतालले एकजना विशेषज्ञ चिकित्सकमार्फत हप्ताको तीन दिन ओपिडी (बहिरंग विभाग) मार्फत तथा तीन दिन इको गरेर सेवा प्रदान गर्न लागेको हो । सेवाका लागि अस्पतालले करार विशेषज्ञ चिकित्सकको समेत व्यवस्था मिलाएको छ ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]