Nepa Top
century-bank

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ राजनीतिक दलद्वारा निर्वाचन आयोगमा दल दर्ता

काठमाण्डौ,पुस २८। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ राजनीतिक दलले दल दर्ता गरेका छन् । निर्वाचन आयोगले दिएको अन्तिम समयसीमामा २१ वटा राजनीतिक दलले दल दर्ता गराएक हुन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा सहभागिता जनाउनका लागि निवेदन दिने दलहरुमा साना देखि शीर्ष दलहरुसमेत रहेका छन् । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भइसकेको र राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न गरी संघीय संसद्को निर्माण गर्ने कार्यलाई पूर्णता दिन राष्ट्रियसभा सदस्य निर्वाचन हुन लागेको हो । राष्ट्रियसभा सदस्यको निर्वाचन २०७४ माघ २४ गते बुधबार हुने गरी निर्वाचन कार्यक्रमसमेत प्रकाशित भइसकेको छ ।

यता कार्यतालिका अनुसार आज सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने कार्यक्रम रहेको आयोगले जानकारी दिएको छ ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]