Nepa Top
century-bank

प्रदेश प्रमुख तत्काल नियुक्ति गर्न निर्वाचन आयोगको सरकारलाई पुनः आग्रह

काठमाडौँ,पुस २८ : निर्वाचन आयोले प्रदेश प्रमुख नियुक्त गर्न सरकारलाई पुनः आग्रह गरेको छ। आयोगको राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा भई निर्वाचन कार्यतालिका समेत प्रकाशित भइसकेको भन्दै प्रदेशसभा सदस्यको निर्वाचनको नतिजा घोषणा गर्नका लागि प्रदेश प्रमुखको नियक्ति गर्न आग्रह गरेको हो ।

प्रदेशसभाको पहिलो हुने निर्वा्चित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीको नतिजा प्रदेश प्रमुख समक्ष बुझाउनु पर्ने व्यवस्था रहेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकर्ले कानूनी बाध्यताका कारण राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रक्रियामा समेत प्रभाव पर्न सक्ने सम्भावना देखिएकोले प्रदेश प्रमुखको नियुक्ति हुन नसकेको अवस्थाप्रति गम्भीर भएको जनाएको छ । यता प्रधानमन्त्री कार्यालयको हवाला दिँदै यसअघि सार्वजनिक भएका प्रदेश मुकाको विषयलाई लिएर मुलुकभर आन्दोलन सुरु भएपछि सरकारले राजनीतिक सहमतिका आधारमा मात्रै निर्णय गर्ने बताउँदै आएको छ ।

सरकारले केहीदिनअघि सार्वजनिक सूचना जारी गरेर प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा प्रदेशसभाका सदस्यहरुलाई सपथ ग्रहण गराउने लगायतका प्रदेशको कार्यसञ्चालनसम्बन्धी अति जरुरी कार्यहरु तत्काल प्रारम्भ गर्नुपर्ने भएकाले सरकारले प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी रुपमा स्थान तोक्ने तयारी गरिरहेको जानकारी दिएको थियो ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]