Nepa Top
century-bank

१९५० को सन्धिलाई परिमार्जन गर्न भारत सहमत: सन्धिका चार बुँदा परिमार्जन गर्ने

  • प्रदीप

नेपाल भारतबीच भएको १९५०को सन्धिलाई परिमार्जन गर्न भारत सहमत भएको छ । दुई देशबीचको प्रबुद्ध व्यक्ति समूहको बैठकमा सन्धि संशोधन र पुनरावलोकन गर्न भारत सहमत भएको हो ।

भारतको नयाँदिल्लीमा सम्पन्न बैठकमासन् १९५० को नेपाल भारत सन्धि परिमार्जन गर्न भारत तयार भएको नेपाली अधिकारीहरुले बताएका छन् । डेढ वर्षअघि गठन भएको इपिजीको छैठौं बैठक नयाँदिल्लीमा बसेको हो । बैठकमा सन् १९५० को सन्धि संशोधनमा केन्द्रीत भएको थियो ।

बैठकमा भारतीय अधिकारीहरु नेपालको प्रस्तावअनुसार सन्धिका चार बुँदा परिमार्जन गर्न तयार भएको हो । उक्त सन्धि असमान भएको भन्दै नेपालले परिमार्जनका लागि भारतसँग आग्रह गर्दै आएको छ । सन्धिको धारा २, ५, ६ र ७ संशोधन गर्ने तय भएको छ । बैठकमा सामाजिक आर्थिक सम्बन्ध, व्यापार तथा पारबहन, सीमा व्यवस्थापन, दशगजाको व्यवस्थापन, विवादित भूमिका विषयमा पनि छलफल भएको थियो ।

बैठकले आगामी आगामी बैठक फागुनमा काठमाडौंमा गर्ने र त्यस बैठकदेखि साझा प्रतिवेदन लेखन सुरु गर्ने निर्णय गरेको छ । बैठकमा नेपालका तर्फबाट डा.भेषबहादुर थापा, सूर्यनाथ उपाध्यय, निलाम्बर आचार्य र डा.राजन भट्टराई सहभागी भएका थिए भने भारतको तर्फबाट भगतसिंह कोश्यारी, जयन्त लामा,महेन्द्र पी लामा र बिसी उप्रेती समहभागी थिए ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]