Nepa Top
century-bank

डोनाल्ड ट्रम्पले माफी माग्नुपर्ने अफ्रिकन युनियनको माग

एजेन्सी। अफ्रिकी देशहरुको संगठन अफ्रिकन युनियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माफी माग्नुपर्ने माग गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ओभल अफिसमा भएको बैठकमा आप्रवासी मुद्दासँग सम्बन्धित रहेर हाइटीसहितका अफ्रिकी देशलाई दरिद्र, निच वा अपवित्र देश रहेको बताएको खबर सार्वजनिक भएपछि अफ्रिकन युनियनले माफी माग्नुपर्ने गरेको हो ।

अफ्रिकन युनियनले ट्रम्पको भनाईले अफ्रिकन समुदाय, अफ्रिका क्षेत्रको विविधता र मानवताको अपमान र अवमूल्यन गरेको बताएको छ । ट्रम्प प्रशासनले अफ्रिका महादेश र त्यहाँका नागरिकलाई बुझ्न नसकेको अफ्रिकन युनियनको भनाई छ । अमेरिकी राष्ट्रपतिको विरोधमा अफ्रिकाका विभिन्न देशमा प्रदर्शनसमेत भएका थिए ।

वासिङ्टन डिसीमा रहेको अफ्रिकन युनियनको मिसनले ट्रम्पको भनाईबाट आफूलाई धक्का लागेको बताएको छ । यस्तै आफूहरु निराश र आक्रोशित रहेको पनि अफ्रिकन युनियनको मिसनले बताएको छ ।

आप्रवासीसम्बन्धी विषयमा छलफल गर्न बिहीबार भएको बैठकमा ट्रम्पले हाइटीसहितका अफ्रिकी देशलाई दरिद्रको संज्ञा दिँदै त्यस्ता देशका नागरिक अमेरिकामा नचाहिएको बताएका थिए ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]