Nepa Top
century-bank

श्रीमती हुदा हुर्दै पोर्न स्टारसँग ट्रम्पको सम्बन्ध, गोप्य राख्न वकिललाई दिए १३०,००० अमेरिकी डलर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले र यौन चलचित्रकी अभिनेत्री स्टेफानी क्लिफोर्ड (स्ट्रोमी ड्नियल्स)ले सम्बन्ध राखेको खबर अमेरिकी सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । यौन चलचित्रकी अभिनेत्री स्टेफानीसँग सम्बन्ध कायम गरेको दाबी खरबमा छ ।

सन् २०१६ मा राष्ट्रपति चुनावका बेला ट्रम्पले यौन हिंसा गरेका महिला बाहिर आउने क्रम चल्दा ट्रम्पका वकिलले स्टेफानीलाई चुप बस्न भन्दै एक लाख ३० हजार अमेरिकी डलर दिएका वाल स्ट्रिट जर्नलले शुक्रबार खबर छापेको छ । ट्रम्प अर्गनाइजेशनमा लामो समय वकिलको रुपमा रहेका माइकल कोहेनले स्टेफानीलाई पैसा दिएर चुप रहन भनेको वाल स्ट्रिट जर्नलले दाबी गरेको छ ।

कोहेनले स्टेफानीलाई पैसा दिएको बिषयमा केही बताएका छैनन् तर ट्रम्प र स्टेफानीबिच यौन सम्बन्ध रहेको कुराको भने खण्डन गरेका छन् । घरमा श्रीमती हुदा हुर्दै विवाहपछि पछि ट्रम्पले स्टेफानीसँग सम्बन्ध कायम गरेकाले मिलानियालाई चिट गरेको ट्रम्पमाथि आरोप छ ।

सन् २०१६ मा स्टेफानीले आफू र ट्रम्पबिचको सम्बन्ध तथा आफूमाथि भएको यौन हिंसाका बारेमा बताउन एबिसी न्युज च्यानलसँग सम्पर्क गरेको र तर ट्रम्पका वकिलले एक लाख ३० हजार अमेरिकी डलरमा कुरा मिलाएर उनलाई चुप बस्न लगाएको जर्नलले दाबी गरेको छ । चुनाव हुनुभन्दा झण्डै एक महिनाअघि मात्रै वकिल कोहेनले स्टेफानीसँग सहमति गरेको दाबी छ ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]