Nepa Top
century-bank

पहिलो पटक फुटबल खेल हेर्न साउदी अरेबियाका महिला रंगशालमा

काठमाडौँ । महिलामाथि कडा नियम लागु रहेको परम्परावादी मुस्लिम देश साउदी अरेबियाले महिलालाई पहिलो पटक फुटबल खेलको दर्शकदीर्घा ९प्याराफिट० मा बस्न दिएको छ । शुक्रबार जेद्धाह शहरमा रहेको रंगशालमा भएको फुटबल खेल हेर्न महिलाहरु दर्शकदीर्घामा बस्न दिइएको हो ।

साउदी अरेबियामा दशकौँदेखि महिलालाई रंगशालमा गएर फुटबलसहितका खेल हेर्न प्रतिबन्ध रहेको थियो । यो महिना तीन खेलमा महिलालाई रंगशालमा गएर हर्ने दिइने छ ।

युवराज मोहम्मद विनको सुधार योजना अन्तर्गत बिस्तारै परिवर्तन हुन थालेको छ । यस्तै युवराज मोहम्मद बिनको योजना अनुसार नै महिलालाई गाडी चलाउन नपाउने गरी लागेको प्रतिबन्ध पनि फुकुवा भएको छ ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]