Nepa Top
century-bank

सलमान खानलाई अज्ञात समुहद्वारा मार्ने धम्की दिएपछि नयाँ फिल्म ‘रेस–३’ छायांकन रोक्दै सुरक्षा खटाईयो

एजेन्सी । नयाँ फिल्म ‘रेस–३’ नामकको छायांकनमा व्यस्त बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की दिएका छन् । समुहको धम्की पछि नयाँ फिल्मको छायांकन रोकिएको हो ।

‘रेस–३’ को पहिलो गीतको छायांकन चलिरहँदा अचानक स्टूडियोमा प्रवेश गरेको अज्ञात समुहले फिल्मको छायांकन बन्द गर्न माग गरेको थियो । त्यो समुहले सलमान खानलाई मार्ने समेत धम्की दिएको फिल्मका निर्माता रमेश तौरानीले पुष्टि गरेको  छ ।  प्रहरीले फिल्मको छायांकन रोक्न लगाएर कडा सुरक्षाका साथ सलमानलाई उनको बान्द्रास्थित घर पुर्याएको छ । सलमानलाई मार्ने धम्की दिने राजस्थानको समुह घट्नास्थलमा मुम्बई प्रहरी पुग्नुभन्दा अगाव सो समुह धम्की दिएर फरार भएको थियो ।

राजस्थानका गुण्डा नाइके लारेन्स बिश्नोईले गत बिहीबार सलमान खानलाई मार्ने धम्की दिएका थिए । धम्कीपछि सलमानको सुरक्षाका लागि केही प्राइभेट गार्डहरु पनि खाटाईएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]