Nepa Top
century-bank

हिमालयन बैंकबाट २५ प्रतिशत बोनस शेयर र १.३१५८ प्रतिशत नगद लाभांश

हिमालयन बैंक लिमिटेडको पच्चीसौँ वार्षिक साधारणसभाले शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १.३१५८ प्रतिशत नगद गरी कूल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले आव २०७३\७४ को प्रतिवेदन प्रस्तुत गर्दै सो बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी रु आठ अर्ब ११ करोड ४५ लाख २९ हजार पुग्ने जानकारी अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । बैंक आगामी माघ ४ गते २५ वर्ष पूरा गर्दैछ ।

अध्यक्ष श्रेष्ठले बैंकले आव २०७३/७४ अन्त्यसम्म रु ९२ अर्ब ८८ करोड निक्षेप संकलन र ७७ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको जानकारी दिनुभयो । निक्षेप र कर्जा अघिल्लो वर्षको तुलनामा क्रमशः ६.३५ र १२.३६ प्रतिशतले बढी भएको जनाइएको छ ।

यस वर्ष छ स्थानमा नयाँ शाखा तथा सरकारको योजनानुरुप स्थानीय तहमा बैंकको ग्रामीण शाखा स्थापना गर्दै जाने र देशका विभिन्न स्थानमा थप एटिएम सञ्जाल विस्तार गरिने बैंकले जनाएको छ ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]