Nepa Top
century-bank

व्यवसायीक गाईपालनबाट मासिक १ लाख ४० हजार आम्दानी

  • दीपक भट्ट,

रामेछाप । वैदेशीक रोजगारीका लागि दैनिक धेरै युवा बाहिरिन्छन् । रामेछापको लिखु गाउँपालिका–६ का विदुर दाहाल पनि रोजगारीकै क्रममा मलेसिया पुगेका थिए ।

तर, सोचेजस्तो पैसा कमाउन सकेनन् । अनि स्वदेश फर्किए । स्वदेश फर्केपछि भने विदुरले राम्रो आम्दानी गरिरहेका छन् । रोल….

रामेछापको लिखु गाउँपालिका–६ का विदुर दाहाल रोजगारीको शिलशिलामा ममेसिया पुगेका थिए । तर, राम्रो कमाइ हुन सकेन । त्यसपछि उनी, आफ्नै गाउँ फर्के ।

गाउँ फर्केपछि भने विदुरको दिन पनि फर्कियो । मलेसियाबाट फर्केपछि विदुरले गाउँमै व्यवसायीक गाईपालन सुरु गरे । उनको गोठमा अहिले पाँच वटा जर्सी गाई छन् । विदुर अहिले दैनिक सय लितर दुध विक्रि गर्छन् । र, मासिक १ लाख ४० हजारभन्दा बढी आम्दानी गरिरहेका छन् ।

विदेशमा दैनिक २० घण्टा काम गर्दा पनि भनेजस्तो कमाई हुन नसकेपछि स्वदेशमै केही गरे राम्रो आम्दानी गर्न सकिने सोच पलाएको उनको भनाइ छ । त्यही सोचले अहिले आफु व्यवसायीक कृषक बनेकोमा उनी खुशी पनि छन् ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]