Nepa Top
century-bank

इजरायलको (एमओयू) मै त्रुटी र कमजोरी,६० कामदारमध्ये १८ जना मात्र इजरायल पुगियो

काठमाडौं । सरकारी तवरबाटै हस्ताक्षर भएको समझदारीपत्र (एमओयू) मै त्रुटी र कमजोरी भएपछि नेपाली कामदारले यसबाट पर्याप्त फाइदा लिन सकेका छैनन् ।

इजरायलले केयर गिभरका रुपमा मात्रै नेपाली कामदार लैजान्छ । घरमा बस्ने वृद्धवृद्धालाई हेरविचार गर्ने काम उनीहरुको हुन्छ । सरकारी स्तरमा भएको सम्झौतामै पर्याप्त कामदार लैजाने विषय उल्लेख छैन । र, इजरायलले पनि न्यून संख्यामा मात्रै कोटा पठाइरहेको छ । पछिल्लो पटक छानिएका ६० कामदारमध्ये १८ जना मात्रै इजरायल उडेको विभागका प्रवक्ता मोहन अधिकारीले जानाकरी दिए ।

धेरै नेपाली कामदार इजरायलमा फेरि रोजगारीका लागि आवेदन खुल्ने आशामा भाषा सिकिरहेका छन् । इजरायलसँग साउन ०७२ मा नेपालबाट केयर गिभर लैजाने सम्झौता भएको थियो । झण्डै अढाइ वर्षमा इजरायलले ७७ नेपालीलाई मात्रै सरकारी तवरबाट आफ्नो मुलुकमा रोजगारी दिएको छ । थप ३० जना जाने प्रक्रिया छन् ।

 







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]