Nepa Top
century-bank

देशमा शान्ति र स्थायित्वको लागि बाम गठबन्धन : पुष्पकमल दाहाल

म्याग्दी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशमा शान्ति र स्थायित्वको लागि बाम गठबन्धन बनेको र पार्टी एकताका लागि छिट्टै मिति घोषणा गरिने जानकारी दिनुभएको छ ।

उहाँले जनताको हितका लागि पार्टीको एकताको विकल्प नभएको बताउनुभयो । शुक्रबार देखि सुरू भएको छैटौं म्याग्दी महोत्सव माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन,औद्योगिक तथा व्यापार मेलाको उद्घाटन गर्दै अध्यक्ष दाहालले माओवादी र एमाले बीच भएको सहमतिबाट पछाडि हट्ने सम्भावना नभएको बताउनु भयो ।

उहाँले एकता लगत्तै मुलुक आर्थिक मुद्दामा केन्द्रित हुने बताउनु्भयो । अध्यक्ष दाहालले बाम गठबन्धन नेपाली कांग्रेस वा कुनै दल लक्षित नभएको प्रष्ट पादैं नेपाली कांग्रेस संग समेत सहकार्य गरिने बताउनु्भयो ।

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित आयोजित महोत्सवमा जिल्लाको ग्रामीण भेगमा उत्पादन हुने कृषिजन्य उपजहरुको बिक्री, वितरण तथा प्रदर्शनी हुनेछ ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]