Nepa Top
century-bank

प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रिय हैसियत प्राप्त दलहरुबीच सहमति आवश्यक

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रिय हैसियत प्राप्त दलहरुबीच सहमति आवश्यक रहेको बताउँनु भएको छ ।

दलिय सहमतिबिना प्रदेशप्रमुख नियुक्त गर्न असहज रहेको भन्दै प्रधानमन्त्री देउवाले सहमतिका लागि प्रयास भइरहेको पनि बताउनु भएको छ ।

धनगढी विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले दलहरुसँग प्रदेश प्रमुख नियुक्ति गर्ने विषयमा छलफल भइरहेको भन्दै सहमति नजुटे मात्र सरकार आफैले नियुक्ति गर्ने समेत बताउँनु भयो ।

प्रदेशको अस्थायी राजधानीका लागि पनि सहमतिको प्रयास भईरहेको बताउँदै प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख र अस्थायी राजधानीबारे सरकारले सहमतिको प्रयास गरे पनि दलहरु सहमति नआएको आरोप लगाउनु भयो ।

प्रधानमन्त्री देउवाले राष्ट्रियसभाको निर्वाचन गराएपछि आफूले सरकार छाड्ने समेत बताउँनु भएको छ । आफु राजीनामा दिन तयार रहेपनि राष्ट्रियसभाको निर्वाचन वर्तमान सरकारले नै गर्नुपर्ने भएकाले समस्या भएको प्रधानमन्त्री देउवाको दावी रहेको छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको शनिबार हुने दिक्षान्त समारोहमा सहभागि हुन जाने क्रममा प्रधानमन्त्री देउवा धनगढी पुग्नु भएको हो ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]