Nepa Top
century-bank

राज्यले लाखौं खर्चेर पढाएकालाई नेपालकै सेवामा जिम्मेवार बनाउने : नवनिर्वाचित सांसद भट्टराई

काठमाडौं। उच्च माध्यमिक शिक्षक एशोसियसन (हिस्टान)ले शुक्रवार आयोजना गरेको कार्यक्रममा सरकारले दिएको छात्रबृत्ति र आफैले गरेको लगानीबाट डाक्टरलगायतका जनशक्ति विदेशिएको र उनीहरुलाई फर्काउनुपर्ने एमाले नवनिर्वाचित सांसद योगेश भट्टराईले    बताएको हो ।

नेपालले लगानी गरेको  योग्य जनशक्ति विदेशले प्रयोग गरिरहेका  छन्।  भट्टराईले कार्यक्रममा वेलायतमा गएको बेला आफूले धेरै नेपालीहरुले विशेषज्ञ डाक्टर काम गरिरहेको पाएको र नेपालीहरुले समेत त्यसैलाई गौरवको विषय बनाउने गरेको बताए । उनले भने, ‘राज्यको पैसाबाट पढेका डाक्टर विदेशमा छन्, म प्रधानमन्त्री भए प्लेन चार्टड गरेर युकेका डाक्टर फर्काउँछु ।’ आफ्नै लगानीमा पढेर विदेशिएकाहरुलाई राज्यले बाध्यकारी बनाउन नसकेपनि राज्यले लाखौं खर्चेर पढाएकालाई नेपालकै सेवामा जिम्मेवार बनाउन सकिनेरहेको छ ।

कार्यक्रममा उनले नेपालमा कन्सल्टेन्टको रुपमा आउने र योजनाविद् र अरुको दिमाग भुट्ने गरेको आयोप लगाए । नेपालमा सरकारले सबैलाई समन्वय गर्ने हो लगानी गर्ने होइन भन्ने सुझाव दिने गरेको र यसको असर देखिएको बताए ।

 

 







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]