Nepa Top
century-bank

हिरोबाट हिरोइन बनेकी नैरी, सैफ अलि खानको फिल्ममा देखिदै

एजेन्सी । अभिनेता सैफ अली खान नयाँ फिल्म ‘कालाकान्डी’ मा देखिदैछन् । यो फिल्ममा सैफसँग नायिका बनेर आउँदैछिन् नैरी सिंह ।

वास्तवमा नैरी सिंह पहिले पुरुष थिए । उनले पुरुषबाट महिला बन्ने आफ्नो सफर सहज नभएको बताउँछिन् । नरेन्द्र सिंहबाट नैरी सिंह बन्ने प्रक्रियाबारे उनी बताउँछिन्, ‘सानैदेखि मेरो बहिनीहरु मलाई घाँघरा लगाइदिन्थे र टिका लगाइदिन्थे ।’

टिभीमा सफल भएपछि नैरीले पुरुषबाट महिला हुने निधो गरे । यसबीच उनले बलिउडका फिल्म ‘तमाशा’ र ‘मम’ गरिन् । अहिले उनी सैफसँग कालाकान्डीमा देखिदैछिन् ।

नैरी भन्छिन्, ‘एक पटक मुकेश छाबडा (तमाशा का कास्टिङ निर्देशक)सँग् भेट भयो । उनले मलाई अडिसनका लागि बोलाए । एक महिनापछि उनले मलाईसमलिङ्गीको भूमिका दिने बताए ।

तर, म यस्तो भूमिकाबाट बच्न चाहन्थे । तर, जब मैले फिल्ममा रणवीर कपूर रहेको थाहा पाएँ मैले त्यसलाई नकार्न सकिँन । रणवीर मेरो सबैभन्दा प्रिय कलाकार हुन् । इम्तियाज अलीले मलाई राम्रो व्यवहार गरे । उनले मलाई कहिले पनि दीपिका पादुकोणभन्दा कम सम्मान दिएनन् । सेटमा राम्रो ख्याल राख्थे ।’







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]