Nepa Top
century-bank

शाहरुख र सलमान एउटै फिल्ममा ? पुरा होला त अलि अब्बासको इच्छा ?

  • सरद राई,

एजेन्सी । अभिनेता सलमान खानसँग लगातार दुई ब्लकबस्टर फिल्म दिईसकेका निर्देशक अलि अब्बास जफरले बलिउडको दुई चर्चित खानसँग काम गर्ने चाहना ब्यक्त गरेका छन् ।

प्रदर्शनरत फिल्म ‘टाइगर जिन्दा है’ले व्यापक रुपमा सफल भईरहेको समयमा निर्देशक अलि अब्बासले अभिनेता शाहरुख र सलमान खानलाई लिएर कमेडी फिल्म बनाउन चाहन्छन् । त्यसोत उनले भनेका छन्, ‘स्कृप्ट राम्रो हुनुपर्छ ।’

अहिले प्रदर्शनरत फिल्म ‘टाइगर जिन्दा है’ ले बक्सअफिसमा ३५० करोड क्लबमा सामेल भएको छ । अलि अब्बासले सलमान खानसँग पहिल्यै अर्को फिल्म पनि गरेका थिए । जुन् फिल्म ‘सुल्तान’ हो ।

उनलाई एक अन्तरवार्तामा सलमान खानसँग फेरी फिल्म गर्ने या नगर्ने भन्ने बारेमा सोधिएको थियो । त्यही मौकामा अलि अब्बास जफरले सलमान र शाहरुख खानसँग एउटै फिल्ममा काम गराउँने बताएका हुन् । साथै सोही फिल्मको लागि राम्रो स्कृप्ट चाहिएको पनि बताएका छन् ।

अलि अब्बासले यी दुवै खान अभिनेताको तारिफ गर्दै भने, ‘फिल्ममा शाहरुख र सलमानको तालमेल भएका निकै राम्रो हुन्छ । यी दुवैले पहिले पनि सँगै काम गरेका थिए ।’

अहिले सलमान र शाहरुख आ आफ्नो काममा व्यस्त छन् । सलमान खान ‘रेस ३’ फिल्मको सुटिङमा ब्यस्त छन् भने शाहरुख आफ्नो फिल्म ‘जिरो’मा ब्यस्त छन् ।

यी दुई खान अभिनेता पछिल्लो समय ट्युभलाइट फिल्ममा सँगै देखिएका थिए । त्यसोत, यी अभिनेताले करण अर्जुन फिल्ममा सँगै काम गरेका थिए । त्यो फिल्मले बक्स अफिसमा राम्रो गरेको थियो ।

अब दर्शकहरुलाई यी खान अभिनेता सँगै ठुलो पर्दामा आउँछन् की आउँदैनन् भन्ने खुल्दुली भईसकेको छ । अब निर्देशक अलि अब्बास जफरले पुरा गर्लान या नगर्लान त्यो त हेर्न बाँकी नै छ ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]