Nepa Top
century-bank

मध्यपुर थिमी नगरपालिकाका चाकू ब्यवसायीलाई भ्याईनभ्याई

भक्तपुर । माघ र चाकुको सम्बन्ध गजबको छ । चाडमा यसको चर्चा जति हुन्छ उपयोगिता पनि उत्तिकै हुन्छ । जाडो मौसममा यसको फाइदा बढी हुने भएकाले यसको प्रयोग गर्नेको संख्या पनि उल्लेखनीय पाईन्छ । र यता व्यबसायी पनि यी दुबै मौका छोप्न यतिबेला निकै व्यस्त हुने गर्दछन् ।

माघे संक्रान्ति नजिकिएसँगै मध्यपुर थिमी नगरपालिकाका चाकू ब्यवसायीलाई चाकू बनाउन भ्याईनभ्याई भएको छ ।

अरु बेला दैनिक ७, ८ किलो बिक्री भएता पनि अहिले माघे सक्रातिको लागि दिनको ३०/४० किलो चाकू बिक्री हुने गरेको बताउछन् चाकु ब्यवसायीहरु । चाकु किन्नेको अहिले देखिनै भिड लाग्न थालेको छ ।

चाकु बनाउन सख्खर, दुध, कुराउनी ,नरिवल, छोकडा, लगायत बिभिन्न मसलाहरुको प्रयोग गर्ने गरिन्छ । यहाँको चाकु लिन भक्तपुर काठमाडौं, ललितपुर ,साँखु, मनौती र उपत्यका बाहिरबाट समेत आउने गर्छ ।

यहाँको चाकू मिठो र प्रख्यात भएकोले स्वदेश तथा बिदेशमा बस्ने आफन्तलाई उपहार दिन र सुत्केरीलाई खुवाउन पनि टाढाटाढा देखि चाकू लिन आउने गर्छन ।

यस बर्ष चाकु प्रति किलो ३ सय ५० मा बिक्री भइरहेको छ । यो भाऊ गत बर्षको भन्दा ५० रुपैयाँ बढी हो ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]