Nepa Top
century-bank

राजपुत सेनाद्वारा सेन्सर बोर्ड घेराउ, ‘पद्मावत’ रिलिज गर्न नदिने अडान !

एजेन्सी । निर्देशक संजय लीला भंसालीको चलचित्र ” पद्मावत ” लाई सेन्सर बोर्डले रिलिज गर्न अनुमति दिएपछि राजपुत संगठन राजनगरबाट मुम्बइ पुगेका छन् ।

उनीहरुको करणी सेनाले शुक्रबार सेन्सर बोर्डको कार्यालय नै घेराउ गरेको छ । ५० देखि १०० को संख्यामा आएका उनीहरुले कुनै हालतमा फिल्म रिलिज हुन नदिने अडान राखेका छन् ।

राष्ट्रिय राजपुत करणी सेनाका जीवनसिंह सोलंकीने घेराउमा सहभागी हुन अझै राजपुत संगठनका सदस्यहरु आइरहेको बताए । प्रहरीले आफरुहरुलाई घेराउ गर्न रोके योभन्दा ठूलो आन्दोलन गर्ने उनले बताए ।

सोलंकीले भने ‘फिल्मको नाम मात्रै फेरिएको छ तर कथा फेरिएको छैन । सरकारले यो कुरा ध्यान दिनुपर्छ ।’ करणी सेनाका अध्यक्ष सुखदेव सिंह गोगामेडीले कुनै हालतमा चलचित्र रिलिज हुन नदिने घोषणा गरेका छन् ।

राजस्थानकी मुख्यमन्त्री बसुन्धरा राजेले चलचित्रको प्रदर्शनमा प्रतिबन्ध लगाएकी छिन् । तर देशका अन्य प्रदेशमा र विदेशमा २५ जनवरीका दिन फिल्म रिलिज गर्न सेन्सर बोर्डले अनुमति दिएको छ ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]