Nepa Top
century-bank

आजबाट दयाहाङ र प्रियंका बिच रोचक लडाई ! कसले मार्ला बाजी ?

एजेन्सी : चलचित्र नगरीमा चर्चित जोडीको रूपमा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्की नाम अगाडी आउँछ ।आजबाट यी चर्चित जोडीको छुट्टा छुट्टै चलचित्र  प्रदर्शनमा आएका छन् । जसमा रामबाबु गुरुङ निर्देशित चलचित्र ‘मिस्टर झोले’ र ओम प्रतिक गुरुङ निर्देशित चलचित्र ‘बटरफ्लाई’ रहेको छ । चलचित्र मिस्टर झोले दयाहाङ राई , दिया पुन ,बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको मुख्य भूमिका छ । चलचित्रमा रामबाबुको कथा लेखन रहेको छ भने निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको सङ्गीत, शैलेन्द्र डी कार्कीको छायाङ्कन र विक्रम स्वरको कोरियोग्राफी रहेको छ ।

त्यस्तै आजबाट प्रदर्शनमा आएको चलचित्र ‘बटरफ्लाई’मा अभिनेत्री प्रियंका कार्की , आर्यन अधिकारी, रविन्द्र खड्का, अर्पण थापा, पुराण थापा, सुषमा कार्की लगायतका कलाकारको अभिनय रहेको छ।रमेश प्रजापति कार्यकारी निर्माताको रूपमा रहेको चलचित्रमा पुष्पाञ्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदी निर्माताको रूपमा रहेका छन्।

एक समयका सुपर हिट यी दुई जोडि कलाकार दयाहाङ र प्रियंकाको चलचित्रले हलसम्म दर्शक तान्न सक्ला की नसक्ला ? कसको चलचित्रले दर्शकको मन जित्न सफल होला ? त्यो भने आउदो दिनमा थाहा हुनेछ ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]