Nepa Top
century-bank

प्रधानन्यायाधीश गोपाल पराजुलीका प्रमाणपत्र यस्ता छन्

काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीका नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रबारे विवाद भैरहँदा उनका प्रमाणपत्रका प्रतिलिपि सार्वजनिक भएको छ । मुद्दामा बयान दिने क्रममा डा। गोविन्द केसीले पराजुलीमाथि शैक्षिक योग्यता नपुगेको र दुईवटा नागरिकता लिएको अभियोग लगाएका थिए ।
जिल्ला प्रशाशन कार्यालय काठमाडौंबाट लिइएको नागरिकताको प्रतिलिपि नम्बर १८०३र४४१र३०१० देखिन्छ । पहिले लिएको नागरिकतामा जन्ममिति नभएर उमेर मात्रै लेखिएकाले पछि शैक्षिक प्रमाणपत्रको आधारमा जन्ममिति राखेर नागरिकताको प्रतिलिपि बनाएको बुझिएको छ ।

शैक्षिक प्रमाणपत्रको प्रतिलिपि हेर्दा उहाँले शारदा मावि चितवनमा कक्षा १० सम्म पढेको र वीरगंजको नेपाल राष्ट्रिय विद्यापीठबाट एसएलसी उतिर्ण गरेको पाइएको छ ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]