Nepa Top
century-bank

रियल जोडी अब रिलमा पनि, शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’मा संजोग र वर्षा

दिपेश सापकोटाको निर्देशनमा बन्न लागेको फिल्मको नाम ‘एउटा यस्तो प्रेम कहानी’मा अभिनेत्री बर्षा राउत र उनी प्रेमी संजोक कोइराला अनुबन्धित भएका छन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यो रियल जोडीले पहिलो पटक एकसाथ स्क्रिन शेयर गर्न लागेका हुन् ।

लामो समयदेखि अभिनय यात्रामा सक्रिय नेपाली फिल्मका अभिनेता शिव श्रेष्ठ अब यसै फिल्मबाट निर्माता बनेका छन् । फिल्ममा शिव श्रेष्ठको विशेष भूमिका हुनेछ ।

साथमा नरेन खड्का, बिष्णु चेम्जोंग लगायतका कलाकार पनि फिल्मका लागि अनुवन्धित भइसकेका छन् । यो फिल्मको कथा निर्माता तथा नायक श्रेष्ठ आफैंले लेखेका हुन् ।

शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मलाई यशोदा राई र दिनेश दर्शनधारीले संयूक्त रुपमा निर्माण गर्न लागेका हुन् । चाँडै निर्माण यूनिटले फिल्मको टीजर सार्वजनिक गर्दैछ ।
त्यसोत अभिनेत्री वर्षा यही फिल्मका लागि तौल घटाउन अष्ट्रेलिया गएकी हुन् ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]