Nepa Top
century-bank

यी हुन् विश्वकै १० धनाढ्यहरु, बिल गेट्स दोस्रो धनी ! पहिलोमा को छन् ?

  • सरद राई,

Sarad Rai

काठमाडौं । अर्थव्यावस्थाको लागि सन् २०१७ राम्रो मानिएको छ । तर, अंग्रेजी वर्ष २०१७ अन्त्यमा विश्वका धनि ब्यक्तिहरु को को परे त ? र्फोब्सले विश्वका चर्चित धनी ब्यक्तिहरुको नाम सार्वजनिक गरेको छ ।

ती टप टेन धनी ब्यक्तिहरुको नामहरु धेरै पहिले देखिनै चर्चामा रहँदै आएको नामहरु छन्, जस्मा बिल गेट्स, वारेन बफेट, कोच ब्रदर लगाएतका चर्चित नामहरु समावेश गरीएका छन् ।

यो वर्ष विश्वका टप टेन धनाढ्यहरु चार चर्चित देशबाट प्रस्तुत भएका छन् । जस्मा सबै भन्दा बढी धनाढ्यहरुको नाम अमेरीकाबाट प्रस्तुत गरिएको छ । विगत २४ वर्ष देखि लगातार विश्वको धनी ब्यक्तिको रुपमा आफ्नो नाम लेखाउन सफल धनाढ्य बिल गेट्स यो वर्ष भने खासै कमाल गर्न सकेनन् ।

दुई दशक पछि मात्र अमेरीकामा बिल गेट्सको कुल सम्पती भन्दा बढी कमाई गर्ने अन्य नागरीकहरु निस्किएका छन् । यो वर्ष बिल गेट्स दोस्रो धनि ब्यक्तिको रुपमा नाम लेखाउन सफल भएका छन् । पहिलो धनाढय्को लिष्टमा अमेरीकी नागरीक जेफ बेजोस पर्न सफल भएका छन् ।

२०१७ का बिश्वका चर्चित १० धनाढ्यहरु इस प्रकार छन्ः

१०. डेविड कोच (टाइ):

अमेरीकी नागरीक डेविड कोच (टाइ)यो वषको विश्वकै १० औं धनाढ्यको रुपमा पर्न सफल भएका छन् ।

उनको सम्पती ५०.६ बिलियन अमेरीकी डलर रहेको छ । उनी कोच इन्डष्ट्रिजको कार्यकारी भाइस प्रेजिडेन्ट हुन् ।
उनी आफ्नो भाई चाल्र्ससँग कम्पनीको मेजोरीटि नियञ्त्रण गर्छन् । यो दुई दाजुभाईले १९८३ देखि कम्पनीको ४२ ४२ प्रतिशतको स्वामित्व राख्दै आएका छन् ।

९. चाल्र्स कोच (टाई):

२०१७ को विश्वको ९ औं धनी ब्यक्तिको रुपमा चाल्र्स कोच पर्न सफल भएका छन् । उनी डेविड कोटका भाई हुन् । उनको सम्पती ५०.६ बिलियन अमेरीकी डलर रहेको छ । चाल्र्स कोच इन्डट्रिजको चेयर म्यान र सिइओ हुन् । यो कम्पनी अमेरीकाको दोस्रो ठुलो कम्पनी हो ।

यो कम्पनी डेविड र चाल्र्स कोचका पीता फ्रेड कोचले सरु गरेका थिए ।

८. लर्री एल्लिसनः

५८ बिलियन अमेरीकी डलरका मालिक लर्री एल्लिशन अंग्रेजी गत वर्षको ८ औं धनी ब्यक्ति हुन सफल भएका छन् । उनी ओ¥याकल कर्पोरेशनः ओआरसिएल) कम्पनीको सिटिओ, फाउण्डर, र फर्मर सिइओ हुन् ।

७. कार्लोस स्लिम हेलुः

२०१७ को सातौं धनाढ्य कार्लोस स्लिम हेलु म्याक्सिकोका नागरीक हुन् । उनको सम्पती ६४ बिलियन अमेरीकी डलर रहेको छ । उनी ग्रुपो कार्सो कम्पनीका मालिक हुन् । अहिले उनको सो कम्पनीलाई आफ्नो छोरा कार्लोस स्लिम डोमिटलाई हस्तान्तरण गरेका छन् ।

यी बाबु छोरा र पुरै परिवारले अमेरीकाको मोभिल र ल्याटिन अमेरीकाको ठुलो मोबाइल कम्पनीलाई कन्ट्रोल गरिहरेका छन् ।

उनी म्याक्सिकोकै धनाढ्य हुन् ।

६.बर्नाड अर्नाअल्टः

विश्वको छैटौं भनाढ्यको रुपमा बर्नाड अर्नाअल्ट पर्न सफल भएका छन् । ६५.१ बिलियन अमेरीकी डलरका यी मालिक फ्रान्सका नागरीक हुन् । उनी एलभिएमएच कम्पनीका सिइओ हुन् ।

यो कम्पनीले विश्वकै आरामदायी सामानहरु उत्पादन गर्दै आएको छ ।

५.  मार्क जुकरवर्ग:

सन् २०१७ को पाँचौं धनी ब्याक्तिको रुपमा मार्क जुकरवर्ग पर्न सफल भएका छन् । उनी अमेरीकी नागरीक हुन् । उनको सम्पती ७१.१ बिलियन अमेरीकी डलर रहेको छ ।

उनी फेसबुकका सिईओ, कोफाउण्डर र चेयरम्यान पनि हुन् । उनले १९ वर्षको उमेरमै फेसबुकलाई पत्ता लगाएका थिए, त्यतिखेर उनी हार्भडका बिद्यार्थी थिए । उनी ३३ वर्ष भए भने उनी यी १० धनाढ्यहरुको उमेरको हिसावले कान्छो छन् ।

४.आमान्सीयो ओर्टेगाः

आमान्सीयो ओर्टेगा सन्२०१७ को चौथो धनी ब्यक्तिको लिष्टमा परेका छन् । उनको सम्पती ७६ बिलियन अमेरीकी डलर रहेको छ । उनी स्पेनका नागरीक हुन् ।

उनी ग्यालिसिया बेस्ड मल्टिनेश्नल क्लोथिङ कम्पनीका सेयर होल्डर र कोफाउण्डर हुन् । उनले पछिल्लो समयमा आफ्नो पत्नी रोसेल्ला मेरासँग मिलेर नयाँ कपडाहरु जारा नाममा उत्पादनहरु प्नि सुरु गरेका छन् ।

उनी युरोपका धनी ब्यक्तिको रुपमा पनि चिनिन्छन् । उनले बार्षिक ४०० मिलियन अमेरीकी डलर आफैले कमाउँदै आएका छन् ।

३.वारेन बफेटः

वरेन बफेट बर्कसायर ह्याथवे कम्पनीका सिइओ हुन् । उनी अमेरीकी नागरीक हुन् । उनका सम्पती ८५.१ बिलियन अमेरीकी डलर रहेको छ । उनी सन् २०१७ को तेस्रो धनी ब्यक्ति पनि हुन् ।

२. बिल गेट्स:

दोस्रो नाढ्यको रुपमा बिल गेट्स रहेका छन् । उनी अमेरीकी नागरीक हुन् । उनको सम्पती ९०.८ बिलियन अमेरीकी डलर रहेको छ । उनी माइक्रोसफ्ट कर्पोरेशनको को फाउण्डर र फर्मर सिइओ हुन् ।

उनी फोब्र्सको सुचिमा करीब २४ वर्ष देखि टप धनाढ्यको रुपमा आफ्नो नाम लेखाउँदै आएका छन् । २०१७ मा आएर पहिलो पटक उनी दोस्रो धनाढ्यको रुपमा पर्न गएका छन् ।

१.जेफ बेजोसः

२०१७ को सबै भन्दा धनी ब्यक्तिको रुपमा जेफ बेजोस निस्किएका छन् । उनी अमेरीकी नागरीक हुन् । उनका कुल सम्पती ९८.३ बिलियन अमेरीकी डलर रहेको छ ।

बेजोस अमाजोन डट कमका सिइओ र फाइउडर पनि हुन् । उनी ५५ वर्षका भए । उनले १९९४ मा आमाजोनलाई पत्ता लागाएका थिए । (विभिन्न एजेन्सीहरुको सहयोगमा-अनुवाद कर्ता: सरद राई)

 

 

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]