Nepa Top
century-bank

काठमाडौंको शंखमुलमा सञ्चालनमा आयोग स्तरीय बर्गर क्लब,३५ युवाहरुलाई रोजगारीको अवसर

काठमाडौं । आफुमा जोस र केहि गर्ने जागर भएमा मुलुकमै व्यवसाय गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् काठमाडौं शंखमुलका केहि युवाले । नेपालमा पछिल्ला दशकमा बढ्दै गएको पश्चिमी खानेकुराको आकर्षणलाई आफ््नो मेनुमा राख्दै युवाहरुले काठमाडौंको शंखमुलमा बर्गर क्लब सञ्चालन गरेका छन् ।

बानेश्वर शंखमुलमा बर्गर पारखीहरुका लागि नयाँ र भिन्दै किसिमको बर्गर पाइन्छ । उक्त बर्गर क्लबमा स्वच्छ र ताजा खानेकुरा पाइने सञ्चालकहरुको भनाई छ । ग्राहकको सुबिधालाई मध्यनजर गर्दै छिटो र सहजरुपमा बर्गर लगायत अन्य थुप्रै परिकारको स्वाद लिन पाउने संञ्चालक वल्लु वलराम खड्गीले भनाइ छ ।

बर्गरमा वदलिदो नेपाली खानाको स्वाद र रुचीलाई बढी ग्राहयता दिइएको छ । छिटो र मीठो क्लबको विशेषता हो । यसमा गुणस्तरीयता पहिलो प्राथमिकता भएको क्लबका सदस्य जर्नादन पराजुली बताउँछन् ।

सबै सेवा सस्तो मात्र होइन सुलभ भएको आयोजको दाबी छ । शहरमा सुपथ रुपमा सेमिनार हल,बर्थडे सेलिबे्रसन हल , पाटी हल ,सुविधका सम्पन्न पार्किङ लगायतको सेवा उपलब्ध छ । सेवाग्राहीको मागलाई ध्यानमा राखी व्यस्त समयमा छिटो भन्दा छिटो सेवा प्रदान गर्ने संञ्चालक रमेश खड्काको भनाइ छ ।

आगामी वेहि दिनमा नै अन्य विभिन्न स्थानमा शाखा विस्तार गर्ने लक्ष्य रहेको संञ्चालक राधेश्याम रेग्मीले वताउनु भयो । क्लबमा हाल ३५ युवाहरुले रोजगारीको अवसर पाएका छन् ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]