Nepa Top
century-bank

निर्वाचनमा राप्रपाले अकल्पनीय र निराशाजनक हार व्यर्होनु पर्यो :अध्यक्ष थापा

  • राजु पौडेल

झापा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भर्खरै सम्पन्न प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले अकल्पनीय र निराशाजनक हार व्यर्होनु परेको बताउनुभएको छ । पार्टी अध्यक्षको नाताले चुनाव हारको नैतिक जिम्मेवारी लिदै अध्यक्ष थापाले हारको कारण बारे अध्ययन भइरहेको बताउनुभयो ।

झापाको बिर्तामोडमा शनिबार झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनको बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष थापाले आफुले चुनाव हारेको भन्दा पनि पार्टीले अनपेक्षित हार व्यहोरेको पीडा बढी भएको भन्दै हार्नुका कारणबारे गम्भीर अध्ययन र अनुसन्धान गर्ने बताउनुभयो ।

हिन्दू राष्ट्र र राजसंस्थाको एजेण्डा बोकेको पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड मत प्राप्त गर्न नसक्नु दुःखद् भएको उहाँको भनाई थियो । गठबन्धन र राष्ट्रिय राजनीतिका विषयमा केही नबोल्नुभएका थापाले अब राप्रपाले सडक र सदनमा जिम्मेवारी प्रतिपक्षको भुमिका निर्वाह गर्ने मात्रै बताउनुभयो ।

अध्यक्ष थापाले समानुपातिकबाट प्रदेश सभामा राप्रपाले पाउने केही सिट पनि झापाका पार्टी नेतालाई नै दिने बताउनुभयो । राप्रपाले चुनाव लड्न देशभर लोकतान्त्रिक गठबन्धनसँग गठबन्धन गरेको भएपनि झापामा भने बामगठबन्धनको साथ पाएर राप्रपाका महामन्त्री लिङ्गदेन निर्वाचित भएका थिए ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]