Nepa Top
century-bank

दुई पार्टीबीच एकताको विकल्प छैन: प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीको फ्युजनले नै निर्वाचनमा सफलता सम्भव भएको बताएका छन्।

काठमाडौं ५ बाट प्रदेश तथा प्रतिनिधसभा सदस्यमा निर्वाचित वाम गठबन्धनका उम्मेदवारलाई बधाई तथा चियापान समारोहमा बोल्दै उनले दुवै पार्टीलाई ऐतिहासिक मौका मिलेको बताए । एमालेको जितमा माओवादी र माओवादीको जितमा एमाले मिसिएको छ, उनले भने, झन्डै दुई तिहाइ जितले हामीलाई ऐतिहासिक मौका दिएको छ। यो अवसरलाई चुक्न दिने छैनौं।

एमाले र माओवादी पार्टी एकताको सन्दर्भ उठाउँदै उनले त्यसलाई जनताले अनुमोदन गरेको बताए । एमाले पार्टी कार्यालय धुम्बाराहीमा बोल्दै उनले भने, दुई पार्टीबीच एकताको अब विकल्प छैन, हामी चाँडै निष्कर्षमा पुग्नेछौं।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]