Nepa Top
century-bank

 प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा

काठमाडौं । पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जानकारी दिएको हो।

हालसम्म ९३ लाख ७२ हजार ५४४ मतगणना सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए । उनका अनुसार अनुसार ७५ जिल्लाको मतगणना कार्य सकिएको छ भने अब सुनसरीको क्षेत्र नं. ३ तथा सर्लाहीको क्षेत्र नं. २, ३ र ४ मात्रै गन्न बाँकी रहेका छन्। मत परिणाम अनुसार, नेकपा एमाले ३१ लाख ३३ हजार २०३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ ।

नेपाली काँग्रेसले ३० लाख ७१ हजार ५१२, नेकपा (माओवादी केन्द्र) ले १२ लाख ७४ हजार ८८४, संघीय समाजवादी फोरम, नेपालले ४ लाख ६० हजार ८४, राष्ट्रिय जनता पार्टी, नेपालले ४ लाख ४८ हजार ६११ मत ल्याएका छन् । यी दलले थ्रेस होल्ड कटाएका छन् ।

विवेकशील साझा पार्टीले २ लाख ११ हजार ५३४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९३ हजार ९८३, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ८७ हजार ६०७, नयाँ शक्ति पार्टी, नेपालले ८० हजार ७४४, राष्ट्रिय जनमोर्चा ६२ हजार ४७ र अन्य दलले ३ लाख ४८ हजार ३३५ मत प्राप्त गरेका हुन्।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]