Nepa Top
century-bank

सुवास खकुरेलको हातको चोट ठीक नभएपछि चितवन टाइगर्सले समेट्योअर्का राष्ट्रिय खेलाडी अनिल मण्डललाई

एभरेष्ट प्रिमियर लिग इपीएल अन्तर्गत चितवन टाइगर्सले इपीएल टी ट्वान्टी अन्तर्गत अक्सनबाट छनौट गरेको विकेट किपर एवं ब्याट्सम्यान सुवास खकुरेलको हातमा लागेको चोट ठीक नहुँदा अनिल मण्डलले अवसर पाएका छन् । चिकित्सक , इपीएल र चितवन टाइगर्स समेतको सल्लाह बमोजिम खकुरेलको ठाउँमा चितवन टाइगर्समा अर्का राष्ट्रिय खेलाडी अनिल मण्डललाई सहभागी भएका छन् ।

file picture

साथै चितवनमा गरिएको ट्यालेन्ट हन्टबाट आकाश थापा र गौतम के.सी. लाई छनौट गरिएकोे छ । इपीएलको नियम अनुसार हरेक टोलीले एक खेलाडी स्थानीय ट्यालेन्ट हन्टवाट लिनुपर्ने प्रावधान छ तर चितवन टाईगर्सले दुई जना खेलाडीहरुलाई अनुवन्धन गरेको छ । साथै यस चितवन टाइगर्सले प्रतियोगिताको तयारीका लागि क्याम्प पनि शुरु गरिसकेको छ ।

हाल नौ (९) जना खेलाडीहरु वन्द शिविरमा रहेका साथै ललित भण्डारी, दिपेन्द्र ऐरी र दिलिप नाथ राष्ट्रिय टिमबाट यु.ए.ई. भ्रमणमा रहेका छन् । चितवन टाईगर्सले छिट्टै विदेशी खेलाडीहरुको पनि घोषणा गर्नेछ । विदेशी खेलाडीहरुमा आई.पी.एल. र रणजी ट्रफी खेलीसकेका खेलाडीहरु चितवन टाईगर्सवाट खेल्ने छन् ।

आवश्यक कागजपत्रका लागि टिम प्रतिनिधि भारतमा गएका छन् र ती प्रतिनिधिको आगमन पश्चात विदेशी खेलाडीहरुको घोषणा गर्ने तयारी चितवन टाइगर्सको छ ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]