century-bank

बझाङको मतगणनाकाे प्रारम्भिक नतिजा सार्वजनिक

बझाङ । बझाङमा अाज साझबाट सुरु भएका छन् ।  मतगणनाकाे प्रारम्भिक नतिजा सार्वजनिक भएकाे छ । प्रारम्भिक मतपिरणाम अनुसार बझाङ प्रतिनिधि सभा तर्फ एमालेका भैरब बहादुर सिंह १९६५ काग्रेसका पृथ्वी बहादुर सिंह १४२१ मत प्राप्त गर्नु भएकाे छ ।

प्रदेश सभा क मा वामगठबन्धनकाे तर्फ बाट उम्मेद्वार रहनु भएका नेकपा एमालेका अर्जुन थापाकाे १३९५ र नेपाली काग्रेसकि उम्मेदवार चन्द्रा जाेशीकाे १००६ मत रहेकाे छ ।

त्यस्तै प्रदेश सभा ख मा वामगठबन्धन उम्मेद्वार नेकपा माअाेवादी केन्द्रकि देवकि मल्लकाे २३६९ र नेपाली काग्रेसका उम्मेद्वार नरेस बहादुर सिहकाे ९७६ मत रहेकाे छ । मतगणना अहिले जिल्ला पशु सेवा कार्यालयकाे हलमा भई रहेकाे छ । प्रतिनिधि सभाका लागि दुई र प्रदेश सभाका लागि १/१ टाेली गरि मतगणना भई रहेकाे छ ।

दिनरात लगायर मत गणना हुने भएकाले पर्सि विहान सम्म सबै मत परिणाम अाई सक्ने जिल्ला निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]