Nepa Top
century-bank

मतदान सकिएलगत्तै मतपेटिका संकलन

काठमाडौं । दोस्रो चरणको प्रदेशसभा र र प्रतिनीधिसभाको मतदान सकिएलगत्तै जिल्लाका विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन समेत सुरु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार रातिसम्म सदरमुकाम ल्याउने तयारी गरिएको छ । ल्याए लगतै प्रक्रिया पुर्‍याएर मतगणना सुरु हुनेछ ।

यता, कपिलवस्तुको मत गणना शुक्रबार बिहानदेखि मात्र सुरु हुने भएको छ। ३ वटा निर्वाचन क्षेत्र रहेको कपिलबस्तुमा मतपेटिका संकलनका लागि मध्यरातिसम्म लाग्ने भएकाले शुक्रबार मात्र गणना थालिने प्रमुख निर्वाचन अधिकृत ज्ञानहरि घिमिरेले जानकारी दिए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार बिहान जिल्ला सदरमुकाम तौलिहवाका दुई विद्यालयमा मतगणना गरिने जनाएको छ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]