century-bank

४५ जिल्लामा ६७ प्रतिशत मत खस्योः निर्वाचन आयोग

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन उत्साहपूर्वक रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । मतदाताहरु सुरक्षित र स्वतन्त्र रुपमा मतदान कार्यमा सहभागी भएको आयोगको भनाई छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा मतदान सम्पन्न भएका भएका ४५ जिल्लामा ६७ प्रतिशत बढी मत खसेको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले जानकारी दिनुभयो ।

उहाँले सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत खसेको जनाउँदै आयोगको दिएको प्रारम्भिक आँकडा अझै बढ्नसक्ने बताउनुभयो । उहाँले सुरक्षाका लागि सरकारले गरेको व्यवस्था भरपर्दो भएको बताउदै आम मतदाताप्रति आभार पनि व्यक्त गर्नुभयो ।

निर्वाचन अयाोगका अनुसार १२८ प्रतिनिधिसभा र २५६ प्रदेशसभा सदस्यका लागि ४५ जिल्लामा रहेका ७ हजार ७ सय ५२ मतदान स्थल र १५ हजार ३ सय ४४ मतदान केन्द्रमध्ये एक मतदान स्थलबाहेक सबैमा शान्तिपूर्ण मतदान भएको छ ।
अर्घाखाँचीको सन्धीखर्कस्थित नेटा मतदान स्थलमा रहेका दुवै मतदान केन्द्रको मतदान रद्ध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै राजनीतिक दलका कार्यकर्ताले मतदान स्थल तोडफोड गर्नुका साथै मतपेटिकामा आक्रमण गरेपछि मतदान रद्ध गरिएको निर्वाचन आयोगले जनाएको छ । विहिबार मतदान सम्पन्न भएका ४५ जिल्लाका सबै मतपेटिका जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएसँगै सर्वदलीय बैठकपछि मतगणना सुरु हुनेछ ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]