century-bank

धनुषामा उत्साहपूर्वक रुपमा मतदान सम्पन्न , ७० प्रतिशत मत खस्यो, मतपेटिका जनकपुर ल्याउने तयारी

धनुषा ।  धनुषामा उत्साहपूर्वक रुपमा मतदान सम्पन्न भएको छ । बिहीबार दोस्रो चरणमा ४५ जिल्लामा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको क्रममा धनुषामा ७० प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।

विहान ७ बजेदेखि शुरु भएको मतदान प्रक्रिया ५ बजेसम्म चलेको थियो । भने स्थानीय निकायको निर्वाचनको तुल्नामा मतदातामा उत्साह भने कम देखिन्थ्यो ।

धनुषामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको र कतै कुनै अप्रिय घटना नभएको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो । अहिले जिल्लाको ५ सय ४८ मतदान केन्द्रबाट मतपेटिकाहरु कडा सुरक्षा बिच जनकपुर ल्याउने तयारी भइरहेको धनुषाका मुख्य निर्वाचन आयुक्त राधाकृष्ण उप्रेतिले जानकारी दिनुभयो ।

अनुसार करिब ७० प्रतिशत मतदान भएको छ भने वास्तविक तथ्यांक राति १२ बजेसम्म भन्न सकिने बताउनुभयो । धनुषामा ४ लाख ४ हजार ६ सय ७१ मतदाता छन् ।

धनुषाको चार वटा निर्वाचन क्षेत्रको मतगणा स्थल दुई स्थानमा राखेको छ । धनुषाको क्षेत्र नं. १,२ र ४ को जनकुपर कुना स्थित जिल्ला शिक्षा कार्यालयमा र धनुषा क्षेत्र नं. ३ को जिल्ला प्रहरी कार्यलयध धनुषाको अगाडी रहेको महेन्द्र नारायण निधि प्रतिष्ठानमा हुने मुख्य निर्वाचन आयुक्त उप्रेतीले जानकारी दिनुभयो ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]