century-bank

भोजपुरमा मतगणना सुरु, तीन दिनभित्र अन्तिम नतिजा आउने

भोजपुर । भोजपुर जिल्लामा पहिलो चरण अन्तरगत प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन भएको बिहीबार साँझ ५ बजेदेखि मतगणना सुरु भएको छ । भोजपुर सदरमुकामस्थित जिल्ला अदालतको ३ वटा कोठामा मतगणना सुरु भएको हो ।

अन्तिम नतिजा ३ दिनभित्र आइसक्ने अनुमान गरिएको छ । प्रत्यक्ष तर्फको मतगणना सकिएपछि समानुपातिकको गणना गरिनेछ ।

१ लाख १३ हजार ७ सय ४५ कुल मतदाता रहेको यस जिल्लामा प्रतिनिधि सभाका लागि ५७.९ प्रतिशत अर्थात् ६५ हजार ९ सय ५८ मत खसेको थियो । प्रदेश सभातर्फ क्षेत्र नं १ मा ५९.८१ प्रतिशत र प्रदेश सभा क्षेत्र नं २ मा ५५. ९१ प्रतिशत मत खसेको थियो ।

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]