century-bank

कामपाका मेयर शाक्यमाथि कांग्रेसका उम्मेद्वारका छोराले गरे हातपात

file picture

काठमाडौं । भोट हाल्ने विषयमा विवाद निकालेर एमाले नेता तथा काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यमाथि कांग्रेसका नेता तथा काठमाडौ क्षेत्र नं ९ का प्रतिनिधिसभा उम्मेद्वार ध्यान गोविन्द रन्जितका छोरा युरेक रन्जितले आक्रमण गरेका छन् । झडप नियन्त्रणको लागि नेपाल प्रहरी, नेपाली सेना, सशत्र प्रहरी बाक्लो रुपमा खटाइएको छ ।

आक्रमणपछि मेयरले भने, ‘म निर्वाचनलाई प्रभावित पार्ने किसिमले यहाँ आएको हैन, निर्वाचनमा मतदान गर्ने सबैको अधिकार हुन्छ ।’ चुनाव हार्ने निश्चित भएपछि युरेकले उनीमाथि आक्रमणको प्रयास गरेको स्थानीयले जानकारी गराएका छन् ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]