century-bank

जितेकाहरुले गाउँको विकासमा ध्यान नदिएपछि महदेवास्थित प्रावि केन्द्रमा मतदाता शून्य

सप्तरी । महदेवा गाउँपालिकाको महदेवास्थित प्रावि केन्द्रमा विहीबार मध्यान्हसम्म कुनै पनि मतदाताले मतदान नगरेको मतदान अधिकृत धनेश्वर साहले जनाएका छन् ।

बिहानैदेखि मतदान गराउने कर्मचारी र सुरक्षाकर्मीहरु तयारी अवस्थामा बसे पनि कुनै मतदाता मत खसाल्न नआएको उनले बताए । उक्त मतदान केन्द्रमा ९ सय ६० मतदाता छन् ।

जितेकाहरुले कुनै चासो नलिएको र गाउँको विकासमा ध्यान नदिएकाले यसपटक मतदान नगरेको स्थानीय मतदाता रामचरित्र मण्डलले बताए ।पुरै गाउँलेको निर्णयमा कसैले पनि मतदान नगरेको उनले सुनाए ।

 

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]