century-bank

दीपिकालाई पछि पार्दै एशियाकै दोस्रो सेक्सी महिला बनिन् यी टिभी एक्ट्रेस

  • सरद राई,

एजेन्सी । टिभी एक्ट्रेस नीया शर्मा एशियाको दोस्रो सेक्सी महिला बन्न सफल भएकी छन् । नीयाले दीपिका पादुकोण र आलिया भट्टलाई पछि पार्दै एशियाकै सेक्सी महिला बन्न सफल भएकी हुन् ।

इङ्ग्ल्याण्डको इस्टर्न आई न्युजपेपरले एशियाको ५० सेक्सीष्ट महिलाहरुको लिष्ट सार्वजनिक गरेको छ । जसमा एक नम्बरमा प्रियंका चोपडा रहेकी छन् । दोस्रोमा नीया शर्मा, तेस्रोमा दीपिका पादुकोण, चौथोमा आलिया भट्ट र पाँचौंमा दृष्टि धामी रहेका छन् ।

२०१६ मा नीया शर्मा तेस्रो स्थानको लिष्टमा थिईन् । गत वर्ष दीपिका पादुकोण दोस्रो स्थानमा थिईन् भने यो वर्ष उनले सो स्थान पाउन सकिनन् ।

२७ वर्षकी नीया शर्माको असली नाम नेहा शर्मा हो । उनले पछिबाट आफ्नो परिवर्तन गरेर नीया बनाएकी थिईन् । उनले २०१०मा ‘काली’ सिरियलबाट टिभीमा डेब्यु गरेका थिए ।

उनी सिरियल ‘एक हजारों में मेरी बहना है’बाट चर्चीत बनेकी थिइन् । त्यसपश्चात उनलाई रवी दुबेका साथ उनको शो ‘जमाई राजा’मा दर्शकहरुले निकै मन पराएका थिए ।

नीया सोसल मिडियाहरुमा पनि निकै एक्टिभ रहन्छिन् । उनले आफ्नो ग्ल्यामरस तस्विरहरु पोष्ट गर्ने गर्छिन् । त्यसै तस्विरहरुले गर्दा उनले ट्रोलिङको सामना पनि गर्नुपरेको थियो ।

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]