century-bank

कुन कलाकारले कहाँबाट मतदान गरे ?

file picture

करिश्मा मानन्धर :

नायिका करिश्मा मानन्धर काठमाडौं क्षेत्र नं ५ महाराजगञ्जमा मतदान गरेकी छन् । उनी नयाँ शक्ति पार्टी नेपालबाट समानुपातिक निर्वाचन पद्धतितर्फ उम्मेदवार पनि हुन् ।

कोमल वली :

गायिका कोमलले दाङ तुलसीपुर उपमहानगरपालीका ८, क्षेत्र नं ३ कृष्णमन्दिरबाट मतदान गरेकी छन् ।

आशिस्मा नकर्मी :

नायिका आशिस्माले काठमाडौं क्षेत्र नं १ अनामनगरबाट मतदान गरेकी छन् ।

दीपकराज गिरी:

हास्यकलाकार दीपकराज गिरी काठमाडौं क्षेत्र नं ९ का मतदाता हुन्। उनले बिहीबार हुने निर्वाचनमा मतदान गरेका छन् ।

जितु नेपाल:

हास्यकलाकार जितु नेपालले काठमाडौं क्षेत्र नं २ बाट मतदान गरेका छन् ।

किरण केसी :

हास्यकलाकार किरण केसी ललितपुर क्षेत्र नं १, इमाडोलबाट मतदान गरेका छन् ।

खगेन्द्र लामिछाने:

कलाकार खगेन्द्र लामिछानेले स्याङ्जा क्षेत्र नं १, दिव्यज्ञान स्कुलबाट मतदान गरेका छन् ।

आर्यन सिग्देल :

९ नायक आर्यन सिग्देलले काठमाडौं क्षेत्र नं १० चन्द्रागिरीबाट मतदान गरेका छन् ।

रमित ढुंगाना :

नायक रमित ढुंगानाले काठमाडौं क्षेत्र नं २ बाट मतदान गरेका छन् ।

ऋषि लामिछाने :

निर्देशक ऋषिले काठमाडौं क्षेत्र नं ४ चाबहिलबाट मतदान गरेका छन् ।

 केकी अधिकारी:

अभिनेत्री केकी अधिकारीले मतदान गरेकी छन् । काठमाडौं ३ की मतदाता उनले लिटिलबर्ड बोडिङ स्कुलको मतदात केन्द्रबाट मतदान गरेकी हुन् ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]