century-bank

म्यादी प्रहरीहरुको मोबाईलमा ब्यस्तता, गज्जवको जागीर तलव र भत्ता !

निर्बाचनमा सुरक्षाका लागी खटिएका म्यादी प्रहरीहरु अपवादमा बाहेक शुरक्षा ब्यवस्थामा चनाखो हुन भन्दा पनि जसो तसो दिन बिताउने गरेको देखीएको छ ।म्यादी प्रहरीहरु यसरी मोबाईलमा ब्यस्त भएपछि सम्भावीत आक्रमण एवं घटना बाट स्वयं म्यादी प्रहरीहरु समेत जोगीन गाह्रो हुने देखीन्छ ।

सरकारले शुरक्षामा थप चुस्त दुरुस्त होस् भन्ने हेतुको साथ भरना गराइएका यी म्यादी प्रहरीले जती सक्रियता देखाउन पर्ने हो त्यती देखीएको पाईंदैन यद्यपी उनीहरुलाई सरकारले आकर्षक सेवा सुबीधा भने दिएको छ ।

म्यादी प्रहरीले ५५ दिनको तलब वापत ५१ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । उनीहरुले पोशाक भत्ताको रुपमा थप ७ हजार १ सय रुपैयाँ पाउँनेछन् ।

यसका अतिरिक्त पनि म्यादी प्रहरीका लागि सुविधा निर्धारण गरिएको छ । निर्वाचनमा खटिँदा सात दिन उनीहरुलाई थप बिशेष भत्ता उपलब्ध गराइने छ । एक सातामा उनीहरुले प्रतिदिन २ सय ५० रुपैयाँका दरले ७ दिनको १७ सय ५० रुपैयाँ थप भत्ता पाउनेछन् । यस्तै निर्वाचन अवधिभर प्रतिदिन २ सय ५० रुपैयाँको दरले सरकारले खाजा खर्च पनि उपलब्ध गराउने छ ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]