century-bank

निर्वाचनमा सम्पूर्ण स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई उच्च सतर्कतामा रहन निर्देशन

सरकारले भोलि हुने निर्वाचनलाई लक्षित गर्दै सम्पूर्ण स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले निर्वाचनमा हुनसक्ने घटनालाई मध्य नजर गर्दै उच्च सतर्कतामा रहन निर्देशन दिएको हो ।

निर्बाचनमा समयमा लामो समय सम्म लाइनमा उभिंदा मतदातामा बिभिन्न स्वास्थ्य समस्या आइपर्न सक्ने भन्दै स्वास्थ्यका सबै कर्मचारी र निकायलाइ सतर्कता भएर बस्न निर्देशन दिएको स्वास्थ्य सेवा बिभागले जनाएको छ ।

चिकित्सक, स्वास्थ्यकर्मीका साथै स्वास्थ्य संस्थालाई समेत तयारी अवस्थामा रहन र त्यससंगै एम्बुलेन्स, औषधि सामग्रीहरु समेत तयारी अवस्थामा नै राखेको स्वास्थ्य सेवा बिभागले बताएको छ ।

यसपटकको निर्वाचनमा स्वास्थ्य संस्थामा कार्यरत प्रशासन तर्फका कर्मचारीहरु निवार्चनमा खटिए पनि प्राविधिक कर्मचारीहरुलाई आफू कार्यरत स्वास्थ्य संस्थामा नै २४ घन्टा सतर्क रहन निर्देशन समेत दिइएको छ ।

त्यसैगरी औषधि सेवनगरिरहेका बिरामी ,वृद्धवृद्धा, दम मुटु रोगका मतदाताले लामो समय लाइनमा उभिंदा बिशेष सतर्कता अपनाउन चिकित्सकहरुको सुझाब छ । चिसोको मौसम भएकोले पनि मुटु रोगी, वृद्धवृद्धाले लामो समय लाइनमा बस्दा स्वास्थ्य समस्या देखिन सक्ने भन्दै सतर्क रहन चिकित्सकले सुझाब दिएका हुन् ।

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]