century-bank

धनुषामा मतदाता शिक्षाका लागि खर्च गरिएको सवा करोड वालुवामा पानी

धनुषा । धनुषामा मतदाता शिक्षा तथा तालिमका लागि खर्च गरिएको सवा करोड रकम बालुवामा पानी जस्तै भएको छ । प्रतिनिधि तथा प्रदेश सभाको दोस्रो चरणको निर्वाचन संघारमा हुँदा पनि मतदाता शिक्षा स्वयंसेवकहरु नगर क्षेत्रमै नपुग्दा कार्यक्रम प्रभावहिन बनेको हो ।

file picture

बदर मत घटाउने उद्देश्यले सरकारले मतदाता शिक्षा संचालन गरेको भएपनि जिल्ला निर्वाचन कार्यालय धनुषाको मिलोमतोको कारण प्रभावकारी हुन नसेकेको पुष्टि भएको छ ।

तालिम गोष्ठीका लागि आएको बजेट समेत ब्यापक अनियमितता भएको सरोकारवालाहरुले बताएका छन् । कार्यक्रम प्रभावकारी नहुँदा बदर मत बढ्ने उनीहरुको अनुमान छ । जनकपुर सदरमुकामकै अघिकांश टोलहरुमा पुग्दा मतदाताहरु मतपत्रको प्रकार र संख्या बारेमा पनि अलमलमा परेको देखिएका छन् ।

धनुषा जिल्लामा ५ सय ४८ जना मतदाता शिक्षा स्वयमसेवकका लागि सवा करोड भन्दा बढि रकम खर्च गरिएको छ । जिल्ला निर्वाचन कार्यालय धनुषाका प्रमुख पुष्पा झा र लेखा शाखाका रिपु गर्जन खडकाको मिलोमतामा उक्त रकम अनियमितता भएको सरोकारवालाहरुको दावी छ । झा र खडकाले रकम चलखेल तथा कमिशनको आधारमा मतदाता शिक्षा स्वयमसेवक नियुक्ती गर्दा कार्यक्रमको लक्ष्य पुरा हुन नसकेको धनुषा क्षेत्र नं.२ का जनार्दन भण्डारीको जिकिर छ ।

कार्यालयमा मतदाता शिक्षा स्वयमसेवकको ६५ लाख ७६ हजार, शिक्षा सामग्री र तालिम गोष्ठीका लागि आएको एक करोड २५ लाख भन्दा बढि बजेट कमिशनको आधारमा खर्च गरिएकाले कार्यक्रमको लगानी बालुवामा पानी हाले जस्तै भएको भण्डारीको आरोप छ । तालिम गोष्ठीको बिल भपाई समेत नक्कली रहेको कार्यालय स्रोतले बताएको छ । यता जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षाका लागि अनुगमन मूल्याँकन नगर्दा कार्यक्रम प्रभावकारी नभएको धनुषाको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीको जिकिर छ ।

यता, कार्यालय प्रमुख झा र लेखा खडकाले कार्यक्रमको खर्च विवरण सार्वजनिक गर्न मानेका छैनन् । रकम अनियमितता सम्बन्धमा झा र खडकासंग प्रतिक्रिया लिन खोज्दा झाले आप्mनो पहुँच अख्तियार सम्मै रहेकाले केहि नहुने दावी गर्नुभयो । निर्वाचन कार्यालयले शिक्षक, समाजिक कार्यकर्तालाई पनि मतदाता शिक्षाका लागि नियुक्त गरेको छ । यद्यपी, अधिकांश क्षेत्रमा मतदाता शिक्षा स्वयमसेवकहरु पुगेका छैनन् । पुगेका क्षेत्रमा पनि उनीहरुले नै मतदाता शिक्षामा उम्मेदवारको प्रचारप्रसारमा जुटेको आरोप समेत लागेको छ ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]