century-bank

चीन, रुस र भारतका विदेश मन्त्रीबीच भेटवार्ता हुने

चिनियाँ विदेश मन्त्री वाङ यी चीन, रुस र भारतका विदेश मन्त्रीबीच हुने छलफलमा भाग लिन लाग्नु भएको छ । आगामी डिसेम्बर ११ मा भारतको राजधानी नयाँ दिल्लीमा हुन लागेको तीन देशको विदेश मन्त्रीबीचको यो १५ औँ छलफल हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ शुआङ्गले बुधबार सो जानकारी दिनुभएको छ । यस छलफलका क्रममा विदेश मन्त्रीहरूले राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दामा विचार आदानप्रदानलगायत एक आपसमा सहयोग र सहकार्यको विषयमा वार्ता हुने बताइएको छ ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]