Nepa Top
century-bank

नेपाली डान्सर खत्रीको नृत्यले रोइन कट्रिना, सुटिङनै रोकियो

एजेन्सी । सलमान खान र कट्रिना कैफ ‘टाइगर जिन्दा है’ फिल्ममा पाँच बर्षपछि सँगै देखिदैछन् । क्रिसमसको मौकामा रिलिज हुने यो फिल्मको ट्रेलर र गित दर्शकहरुले धेरै मन पराईसकेका छन् ।

अहिले सलमान र कट्रिना दुबै आफ्नो फिल्मको प्रचार-प्रसारमा व्यस्त छन्। अब्बास जफरले निर्देशन गरेका ‘टाइगर जिन्दा है’ २२ डिसेम्बरमा रिलिज हुँदैछ।

हालै सलमान र कट्रिना रियालिटी शो ‘डान्स च्याम्पियन्स’ मा पुगेका थिए । शोको बिचमा कैट्रिना धेरै भावुक (इमोशनल) बन्न पुगिन् र रुन थालिन् । जसको कारण शुटिङ बिचमै रोक्नु प¥यो ।

file picture

भारतीय मिडियाहरुका अनुसार शोका प्रतिष्पर्धी सुशान्त खत्रीको प्रस्तुति देखेपछि कट्रिना यति धेरै भावुक बन्न पुगिन् कि, उनले आफ्नो आँसु रोक्न सकिनन्। सुशान्तले सलमान खान अभिनित फिल्म ‘तेरे नाम’ को गितमा डान्स गरेका थिए। सुशान्तको डान्सपछि कट्रिना रुन थालिन् र उनलाई सामान्य अवस्थामा ल्याउन १० मिनेट सम्म सुटिङ रोक्न प¥यो ।

शुटिङ सुचारु भएपछि सलमान स्टेजमा गए र उनले आफ्नो फिल्म ‘सुल्तान’ को गित ‘जग घुमिया’मा डान्स गरे । सलमानले कट्रिनालाई सामान्य अवस्थामा ल्याउन यो सब गरेका थिए । सलमान खानको डान्स देखेर कैट्रिना हास्न थालिन् ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]